पोखरेली पत्रकारलाई डिजिटल साक्षरता तालिम

पाेखरा | माघ २२, २०८०

पोखरेली पत्रकारलाई डिजिटल साक्षरता तालिम

पोखरा:  नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ ।

 

आइतबारदेखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देललेप्रशिक्षण दिएका थिए । 

 

कार्यक्रमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे ।

 

उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुसूचित हुने भएकाले पोखरा महानगरपालिकाले सहकार्य गरेको बताए । 

 

यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ अभिभावकीय संस्था भएको र डिजिटल साक्षरता तालिमको आवश्कयता ठानेर नै कार्यक्रमको आयोजना गरिएको बताइन् ।

 

उनले कास्कीका पत्रकारहरुमा साक्षरता बढाउन महासंघले तालिम गर्दै आएको जानकारी दिइन् ।


पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले पत्रकार महासंघ कास्कीले आयोजना गरेको तालिमको प्रशंसा गरे ।

 

प्रशिक्षक सिग्देलले दुई दिनको तालिम पत्रकारका लागि लाभदायक रहेको विश्वास व्यक्त गरे । ‘पत्रकारले एउटा कुरा मात्र जानेर हुदैन हरेक विषयका बारेमा जानकार हुनुपर्छ’,उनले भने । 

पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत प्रशिक्षण दिएका थिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्